काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९४ हजार १२२ परीक्षणहरु गरिएका छन्।
२४ घण्टामा जम्मा १३ हजार १४४ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ जना रहेका छन्।
उपत्यकामा थपिए १ हजार ८७८ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ।
त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ।
थप ३० जनाको मृत्यु
कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ।
मन्त्रालयले बुधबार आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
