काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ६१५ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६१५ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार संक्रमितमा ७०४ महिला र ९११ पुरुष रहेका छन्।

काठमाडौँमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाँ संक्रमित थपिएका हुन्।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन्।

More News last news
Loading...