कोरोना संक्रमणबाट काठमाडौंमा मात्रै २०० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि काठमाडौंमा उच्च छ।

काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २०० पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाए । त्यसमध्ये दुईजना काठमाडौंका थिए।

कोरोनाका कारण अहिलेसम्म भक्तपुरमा ५८ जनाको मृत्यु भइसकेको छ । ललितपुरमा ५६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा भक्तपुर र ललितपुरमा संक्रमणका कारण एक–एकजनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।

कोरोनाका कारण हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेशमा ४१८ जनाको मृत्यु भएको छ ।

More News last news
Loading...