विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो

थप ५ हजारबढीको मृत्यु

काठमाडौँ । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ। योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ। त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ।

यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८९ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ। ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५२ हजार १८६ जनाको मृत्यु भएको छ । ८६ लाख २४ हजार १२६ जना संक्रमित भएकोमा ३४ लाख ९१ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्।

More News last news
Loading...