पूर्व प्रधानमन्त्री डा. भट्टराई र हिसिलालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ।

डा. भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना संक्रमण पुष्टी भएको जनाएका छन्। शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको डा. भट्टराईले लेखेका छन्।

Advertisement

उनले लेखेका छन्, “हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ! #StaySafe”

भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। भीडभाड गरेको भन्दै आलोचना भएको थियो।

More News last news
Loading...