काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसअघि बुधबार (हिजो) काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
