प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, १ हजार ७५ जना कोरोनामुक्त

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ।

आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो।

Advertisement

आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ। त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ।

More News last news
Loading...