नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ।

कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका-५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो।

Advertisement

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ।

त्यसको करिब एक घण्टापछि आएको रिपोर्ट पोजेटिभ रहृयो। वृद्धलाई अस्पताल ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ ।

More News last news
Loading...