यस्ता लक्षण देखिए सावधान ! हुनसक्छ हृदयघात (हेर्नुहोस् भिडियो)

काठमाडौँ । यदी तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन। तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ।

किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप गर्न सक्छौँ । मुटुसम्बन्धी केही समस्या हुनसक्ने खतराका लागि यी लक्षणबारे जानकारी राखेर समयमा नै सचेत हुनुपर्छः

Advertisement

१) छातीमा समस्या

छातीको अवस्था सामन्य छैन वा केही समस्या महसुस भइरहेको छ भने यो मुटुसम्बन्धी केही समस्या भएको छनक हुनसक्छ । यदि हाम्रो मुटुको कुनै नसा बन्द भएको छ भने छातीमा समस्या महसुस हुन्छ । त्यसैले छाती दुख्दा जचाइहाल्नु राम्रो हुन्छ ।

मुटुमा समस्या भएकाले छाती दुखेको यो भने यो दुखाइ केही समयसम्म चल्छ। एक मिनेटभन्दा बढी मुटु अत्यन्त दुख्यो भने यसलाई इग्नोर गर्नु हुँदैन।

२) निद्रा लाग्नु, पाचन प्रक्रिया कमजोर हुनु वा पेट दुख्नु

हृदयघात हुँदा मानिसहरुमा यस्तो समस्या पनि देखिन सक्छ। कतिपयले वान्ता पनि गर्न सक्छन् । पुरुषमा भन्दा यस्तो समस्या चाहिँ बढी महिलामा देखिन्छ। त्यसैले यस्ता समस्या देखिए समयमा ध्यान दिन जरुरी हुन्छ।

३) दुखाइ छातीबाट पाखुरामा सर्यो भने

छातीमा भएको चर्को दुखाइ पाखुरामा सरिरहेको छ भने अत्यन्त सजग हुनुपर्ने हुन्छ। शरीरको बायाँ भागमा दुखाइ बढ्दै जानु भनेको हाम्रो मुटुमा केही न केही समस्या हुनुहो। यस्तो अवस्थामा जतिसक्दो छिटो अस्पताल पुगेको राम्रो हुन्छ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...