कोरोनाबाट ज्यान गुमाएका शिक्षकको गाउँका २५ जनाको टेष्ट रिर्पोट आयो

गुल्मी । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मी मदाने गाउँपालिकाका शिक्षकको गाउँका २५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ती शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो।

Advertisement

स्वाब सङ्कलन गरिएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए।

तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनामा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो।

त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

More News last news
Loading...