एजेन्सी । मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको तौल बढी र कम्मर ठूलो हुनेमा हृदयघातको सम्भावना हुने देखिएको हो ।
अध्ययन तीन पुरुषमाथि गरिएको थियो । अध्ययनमा ठूलो कम्मर भन्दा साँधुरो कम्मर जोखिमपूर्ण मानिए पनि निचोडमा ठूलो कम्मर भएका मानिसका हृदयघातको जोखिम बढी देखिएको पाइएको छ ।अनुसन्धानकर्ता मोहम्मदीले भनेकी छन्–केही अध्ययनले सुझाव दिएको छ कि ? पुरुषहरूले बढी ‘भिस्रालयाट’ लिन्छन् जुन शरीर भित्र गहिराइमा जान्छ र महत्वपूर्ण अंग वरिपरि संक्रमण गर्छ ।
जुन कोलेस्ट्रोलमा परिणत हुन्छ । जसले तपाईंको धमनीहरूलाई कडा बनाउन शुरू गर्छ र अन्ततः हृदयघातको अत्याधिक सम्भावना हुन्छ । अध्ययनमा समावेश महिलाको संख्या कम भएकाले निष्कर्ष निकाल्न थप अनुसन्धान गर्नुपर्ने देखिएको अनुसन्धानकर्ता मोहिमीले बताएकी छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुटुको दौड वा स्ट्रोकजस्ता हृदय रोगहरूको जोखिम महिला भन्दा पुरुषमा बढी हुनेगर्छ । मानिस स्वस्थ्य रहन स्वस्थ आहार र नियमित व्यायामले कायम गर्ने हो भने यस्ता समस्याबाट टाढा रहन सकिने देखाएको छ । अघिल्लो अध्ययनले देखाएको छ कि नियमित २० मिनेट व्यायाम गर्ने, हिँड्ने हो भने एक चौंडा कम्मरको साइज र मोटोपना कम गर्न सकिन्छ ।
नियमित व्यायाम र स्वस्थ आहारले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने र तनदुरूस्त राख्न मद्दत गर्ने सो अध्ययनले देखाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
