नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा स्याङ्जा क्षेत्र नं. २ बाट युवा नेता युवराज पाण्डेले महाधिवेशन प्रतिनिधिमा दाबी प्रस्तुत गरेका छन् । शालीन, भद्र र संगठनमा निरन्तर सक्रिय नेताका रूपमा परिचित पाण्डेको उम्मेदवारीलाई आगामी महाधिवेशनमा पार्टीको केन्द्रीय नेतृत्वतर्फको दाबी बलियो बनाउने कदमका रूपमा हेरिएको छ ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका पाण्डेले नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्मको अनुभव बोकेका पाण्डे पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय देखिन्छन् । काँग्रेसको विशेष महाधिवेशनकोतयारीमा उनको महत्त्वपूर्ण योगदान थियो। त्यसैले पाण्डे कांग्रेस सभापति गगन थापानिकट नेताका रूपमा चिनिन्छन् ।
विशेष महाधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व र पुस्तान्तरणको बहस अघि बढिरहेका बेला उनको सक्रियतालाई पनि त्यसैसँगजोडेर हेर्ने गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
