स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट युवा नेता शेषकान्त पुरीले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। क्षेत्र नं. २ का कांग्रेसजनबीच परिचित पुरीले आफूलाई प्राप्त हुँदै आएको माया, विश्वास, साथ र सुझावलाई उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै पुरीले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले दिएको विश्वास र जिम्मेवारीको सम्मान भएको बताएका छन्। उनले कांग्रेस संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने यात्रामा सक्रियतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा आफूलाई साथ, सुझाव र अमूल्य मत प्रदान गर्न क्षेत्रवासी कांग्रेसजनसँग आग्रह गरेका छन्।

Advertisement

पुरीले भनेका छन्, “तपाईंहरूको माया र विश्वास नै मैले आजसम्म कमाएको सबैभन्दा अमूल्य सम्पत्ति हो। यही विश्वासलाई हृदयमा बोकेर फेरि एकपटक तपाईंहरूकै माझ उपस्थित भएको छु।”

More News last news
Loading...