महाधिवेशन प्रतिनिधिमा डोलबहादुर खड्काको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं. १ बाट डोलबहादुर खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन्। क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पालिका सभापतिलाई सम्बोधन गर्दै खड्काले आफूलाई अमूल्य मत प्रदानगर्न आग्रह गरेका हुन्।

कांग्रेसको संगठन र राजनीतिमा लामो समयदेखि सक्रिय खड्का स्याङ्जामा मात्र नभई देशभरका कांग्रेसजनमाझ परिचित नेताका रूपमा चिनिन्छन्। पार्टीको केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको भूमिका र सक्रियतालाई कांग्रेस वृत्तमा महत्वका साथ हेरिँदै आएको छ।

Advertisement

उम्मेदवारी प्रस्तुत गर्दै खड्काले पार्टी संगठनलाई थप मजबुत बनाउने र कांग्रेसको राजनीतिक यात्रामा सक्रिय भूमिका निर्वाहगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्, “म डोलबहादुर खड्का महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गरेको छु। यहाँहरूको अमूल्यमतका लागि विशेष अनुरोध गर्दछु।”

More News last news
Loading...