नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा डोलराज पोखरेल (डी.आर.) ले उम्मेदवारी प्रस्तुत दिने भएका छन्। बिरुवा गाउँपालिकामा कांग्रेसको निवर्तमान सभापतिको जिम्मेवारी सम्हालिसकेका पोखरेलले पालिका तहको नेतृत्व अनुभवलाई क्षेत्रीय संगठनमा विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनी यसअघि बिरुवा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार समेत बनेका थिए।
पोखरेलले संगठनलाई एकताबद्ध, अनुशासित, समावेशी र जनमुखी बनाउने एजेन्डा अघि सारेका छन्। कार्यकर्ताबीच निरन्तरसंवाद, सहकार्य र संगठन विस्तारलाई उनले प्राथमिकतामा राखेका छन्।राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय पोखरेल कोरोना महामारी, भूकम्प तथा बाढीपहिरोजस्ता विपद्का समयमाराहत तथा सहयोगका गतिविधिमा संलग्न रहेको बताइएको छ।
क्षेत्रीय सभापतिका उम्मेदवार पोखरेलले “एकता हाम्रो शक्ति हो, सहकार्य हाम्रो संस्कार हो र संगठन हाम्रो साझा जिम्मेवारी हो” भन्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
