‘पार्टी कसैको पेवा हैन्, महाधिवेशन गरेर चुनावमा जानुपर्छ’ : खनाल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काँग्रेस तनहुँ २ का क्षेत्रीय सभापति चुडामणी खनालले पार्टी कसैको पेवा नभएकोले महाधिवेशन गरेर मात्र आगामी चुनावमा जानुपर्ने बताएका छन् ।

शनिबार पोखरामा गण्डकी प्रदेश समितिले आयोजना गरेको विशेष भेलामा बोल्दै खनालले वर्तमान नेतृत्वलाई बोकेर जनता माझ जान सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले अहिलेको नेतृत्वलाई असफल बनाइसकेकाले अब महाधिवेशन गरेर चुनावमा जानुको विकल्प छैन,’ खनालले भने, ‘यो पार्टी कसैको पेवा होइन ।’

Advertisement

उनले सरकार, संसद छोडेर भागेकाहरु केही कांग्रेसमा पनि संसद पुनर्स्थापनाको पक्षमा लागेको भन्दै उनले आपत्ति समेत जनाए । खनालले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेल्नुभएको भूमिकाको उच्च प्रशंसा समेत गरे ।

More News last news
Loading...