दश वर्षमा दोब्बर भयो ऋण, ७ महिनामा मात्रै २ खर्ब थपियो

काठमाण्डाै । चालू आर्थिक वर्षकाे ७ महिनामा पौने २ खर्ब रुपैयाँ सार्वजनिक ऋण बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण माघ मसान्तमा २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । यो भनेको देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ७७ प्रतिशत हो ।

एक दशकअघिसम्म देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा २२ प्रतिशत जति रहेकामा अहिले त्यो दोब्बर भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा नेपालको सार्वजनिक ऋणको आकार चिन्ताजनक स्थितिमा पुगिनसकेको अर्थविज्ञहरू बताउँछन् ।

Advertisement

सरकारको राजश्व आम्दानीका तुलनामा खर्च बढेपछि पछिल्ला वर्षहरूमा ऋण काढेर खर्च गर्ने प्रवृत्ति बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५ खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेकोमा २ खर्ब ९० अर्ब रुपैयाँ ऋण लिइसकिएको छ ।

पुरानो ऋण बढ्दै जाँदा यसको सावा–ब्याजको भुक्तानीमा सरकारको ठूलो रकम खर्च हुने गरेको छ । यस वर्ष सरकारले १ खर्ब ८८ अर्ब रुपैयाँ सावाँ ब्याज तिरिसकिएको छ ।

More News last news
Loading...