जापानको टोकियोमा गरिमा फिल्म म्युजिक अवार्ड हुने

काठमाडौँ । जापानको टोकियो शहरमा गरिमा फिल्म म्युजिक अवार्ड हुने भएको छ। आयोजक गरिमा फिल्मस्ले एक बिज्ञप्ती जारी गर्दै अवार्ड २०२५ जनवरी १२ देखि १७सम्म आयोजना हुने जानकारी दिएको हो।

नेपाली गीतसंगीको विकास, विस्तार र प्रवद्र्धनका लागि आयोजना हुने लागेको अवार्ड एकभव्य समारोहका बिच आयोजना हुनेछ। अवार्डका लागि नेपालबाट २ दर्जन कलाकार्मी जापान जानेछन् । त्यही रहेका नेपाली कलाकार र अन्य देशबाट पनि सहभागी हुनेछन्।

Advertisement

अवार्डमा सन् २०२४ भित्र बजारमा आएको लोक, आधुनिक, पप, राष्ट्रियलगायतका गीतसंगीत सहभागी हुनसक्नेछन्। अवार्डको जुरी केही समयपछि सार्वजनिक गरिने आयोजक गरिमा फिल्मस् प्राली प्रमुख तथा गीतकार गोविन्द भट्टले जानकारी दिए।

भट्टका अनुसार अवार्डमा गायक, गायिका, गीतकार, संगीतकार, मोडल लगायतका दर्जन बिधामा कलाकारलाई अवार्ड प्रदान गरिनेछ।

More News last news
Loading...