राजनीतिमा पौडेलको छलाङ, विद्यार्थी राजनीतिदेखि स्वास्थ्य मन्त्रालयसम्म

काठमाडौं । विद्यार्थी राजनीतिबाट उदायका कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेल संघीय संसद् छिरेको पहिलो पटक नै स्वास्थ्य मन्त्री बन्न सफल भएका छन् । २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति, २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष र २०७९ मा काठमाडौँ ५ बाट संघीय संसद् सदस्यमा निर्वाचित भएका पौडेल २०८१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् । पछिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजीत पौडेल तेस्रो पटक कांग्रेसको केन्द्रीय सदस्यको रुपमा पार्टीमा सक्रिय छन् ।

पौडेलले संविधान लेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेका थिए । पार्टीले दिएका काम हुन् या जनताका समस्या समाधानमा अब्बल देखिएका पौडेल स्वास्थ्य मन्त्रीमा कत्तिको सफल देख्न्छिन् त्यो भने हेर्न बाँकी छ ।

Advertisement

१५ बर्षमै पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय

वि.स. २०३१ सालमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका (हाल) वडा नं १० अमराईमा जन्मिएका प्रदीप पौडेललाई सानैदेखि राजनीति मोह थियो । सिद्धार्थ बनस्थली इन्स्च्यिूडमा अध्ययनका क्रममा १५ बर्षको कलिलो उमेरमै (२०४६ सालको) पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय थिए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेप्नु परेको थियो ।

अनेरास्ववियूको अखडामा स्ववियु सभापति

ठमेलस्थित अस्कल क्याम्पसमा आइएसी र बिएसीको अध्ययन गरेका पौडेल अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनले (अनेरास्ववियू) एकछत्र राज गर्दै आएको अस्कल क्याम्पसमा स्ववियु सभापति बनेर २०५३ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बिजयको झण्डा गाडे । त्यसपछि पौडेलको राजनीतिले छलाङ नै मारेको थियो ।

स्ववियू जितेको १० बर्षमा नेबिसंघ अध्यक्ष

विद्यार्थी तहको विभिन्न नेतृत्व लिंदै राजनीतिमा उदाएका पौडेलले स्ववियू सभापति जितेको १० बर्षमै नेबिसंघको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भए । यसबीचमा उनले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिका विभिन्न तहमा बसेर काम गरिसकेका थिए ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका पौडेलले विद्यार्थीका विभिन्न मुद्दामा आवाज उठाए । एक विधालय–एक पुस्तकालय अभियान, “सार्बजनिक विद्यालय सुधार” अभियान, “हरेक विद्यालय इन्टरनेट सेवा एवं ई–लाईबेरी” अभियान, शैक्षिक गुणस्तर वृद्धिको निम्ति दर्जनौ कार्यशाला र गोष्ठी संचालनमा हालसम्म पनि उनको सक्रियता उस्तै छ ।

हजारौँ गरीब जेहेन्दार विद्यार्थीका लागि निःशुल्क छात्रवृत्ति र शैक्षिक सामग्री प्रबन्धको व्यवस्था मात्र नभई हाल विद्यार्थीले सार्बजनिक गाडीमा पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था गराउन समेत पौडेल सफल रहे ।

 एमाले उपाध्यक्षलाई फराकिलो मतान्तरले हराउँदै सांसद्

गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा ५ मतले पराजीत हुँदै गण्डकी प्रदेश सभामा प्रवेश नपाएका पौडेल २०७९ मा भएको प्रतिनिधिसभा निर्वातनमा काठमाडौं–५ मा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

बर्तमान संविधान निर्माणमा भएको ढिलासुस्ती बिरुद्ध दवाव दिन मेची–काली अभियानको नेतृत्व गरेका उनले प्रबिधि मैत्री कांग्रेस निर्माणको निम्ति नेपाली कांग्रेस डिजिटल एपको निर्माण पनि गरेका थिए ।

भुकम्पका बेला २५०० भन्दा बढी अस्थायी घर एवं पक्की विद्यालय भवन निर्माण

यस्तै, पौडेलले २०७२ मा विनासकारी भुकम्प प्रभावित क्षेत्र र जिल्लामा २५०० भन्दा बढी अस्थायी घर एवं पक्की बिधालय भवन निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै तत्काल राहत र उद्धारमा युवा परिचालन गरेका थिए । यसैगरी, २०८० मा जाजरकोट केन्द्रबिन्दू बनाएर आएको भूकपम्पपछि पनि पौडेल नेतृत्वको १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउँदै जाजरकोटको नलगाड नगरपालिकामा १०० वटा अस्थायी घर टहरा निर्माण  गरेको थियो । पौडेलले भूकम्प पीडितका लागि सरकारी राहत तथा पुर्नस्थापना कोषमा संघीय संसद् सदस्यको एक महिनाको तलब हस्तान्तरण समेत गरेका थिए ।

प्लाज्मा एप निर्माण, ३०० बढी क्षमताको आइसोलेसन स्थापना

यस्तै, कोरोना भाइरसको चपेटामा परेका कोभिड संक्रमितलाई रगतको सहजताको लागि प्लाज्मा एपको निर्माण र बिरामीका लागि ३०० बेड भन्दा बढी क्षमताको आइसोलेसन कक्षको स्थापना गरेर सरकार र जनतालाई सहज बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

More News last news
Loading...