मनोज सुवेदी l नेपाल परापूर्वककालदेखि एक सोतन्त्र राज्यको रुपमा रहेको छ । नेपाल विश्वको पुरानो सभ्यता भएको राज्य मध्ये एक राज्यको रुपमा चिनिएको छ । यो प्राचिन भारतबर्षको एक महत्वपूर्ण अङ्गको रुपमा चिनिएको छ । यो राज्य दुई विकसित राज्यको मध्ये विन्दुमा परेको हुनाले यसले अफ्नो अस्तित्व बनाई राख्नको लागि कुट्नितिकको माध्येम अपनाउनु अपरिहार्य रहेको छ । प्राचिन कालमा नेपालको कुट्नितिकको बारेमा खासै चर्चा नरहेपनि सिता, बुद्ध, भृकुटी अदिको योगदानलाई नकार्न सकिने अवस्था छैन । २२ सये र २४ सये बिच गरिएका युद्धले नेपालको कुटनितिलाई उचित मार्गमा लैजान सकेनन् ।
नेपालमा कुटनीतिको प्रारम्भ राजा पृथ्वी नारायण साहाको पालाबाट उदय हुन लागेको पाउँन सकिन्छ । पृथ्वी नारायण साह सन् १७४३ को दशकमा गोर्खा राज्यको राजा भए पश्चात नेपालको कुटनितीमा अतुल्निय सुधार आउन थालेको देखिन्छ । त्यती बेला राज्यहरु २२ सये र २४ सये राज्यको रुपमा विभाजित थिए त्यस बखत पृथ्वी नारायण साहले सत्रु माथि विजय प्रप्ति गर्नका निम्ति गरेका कुटनितिक खेलहरु बर्तमान नेपालको कोषे ढुङ्गाको रुपमा लिन सकिन्छ । लम्जुङ्ग भक्तपुर पाल्पा आदि ठुला राज्यलाई विजय गर्नका निम्ति खेलिएको कुटनितिक कदम नेपाल देश एकिकरण गर्नमा ठुलो योग्दान पु-याएको पाउँन सकिन्छ । पृथ्वीनाराण शाहले दिव्य उपदेश मार्फत भाई भारदारहरुलाई नेपाल राज्य सञ्चालन गर्न दिएको उपदेश नेपालको वर्तमान कुटनितिमा पर्भाव पारिरहेको पाउन सकिन्छ । मुलत दिव्य उपदेश भन्नाले राजा श्री पाँच पृथ्वी नारायण शाह नुवाकोट गएका वेला अफ्नो अन्तिम समयमा भाई भारदारहरुलाई जम्मा गरिदिएको अति एवं उपदेशलाई हाल पृथ्वीनारायण शाहको दिव्य उपदेश भनेर चिन्हिन्छ । ईतिहासकार बाबुराम आचार्य र योगी नर हरीनाथले अभिमान सिंहकै वंशधर बखतमान सिंह बस्नेतबाट यो प्राप्त गरेपछि पुस्तकका रुपमा २०१० साल पुष २७ मा प्रथम पटक छापिएको थियो ।
केहि दिव्य उपदेश :
१) उपरान्त यो राज्य २ ढुङ्गाको तरुल जस्तो रहेछ । चिन वाद्शाह सित ठुलो घाहा रास्नु दशिनको समुन्द्रका वाद्शाह सित घाहत रास्नु तर त्यो माहा चतुर छ ।
२) लम्जुङ भन्याको गरुड हो, गोर्सा भन्याको सर्प हो नेपाल भन्याको भ्यागुता हो । अघि गरुडको आशा छल्नु तव सर्पले भ्यागुता सान पाउँछ ।
३) आफ्ना देशको जीन्सि जरिबुटि देश लैजानु र नगद सैचनु नगद सैची रास्नु र प्रजा मोटा भया दरबार बलियो रहन्छ । राजाका भण्डार भनेका रैतानहरु हुन् । (नेपाल कानुन आयोग) श्री पाँच पृथ्वी नारायण शाहको दिव्य उपदेश वैचारीक प्रसासनिक कुटनितिक हिसाबले उत्कृष्ट संरचनाको रुपमा देख्न सकिन्छ । यसको योग्दान चिरकाल सम्म अर्थात नेपाल राष्ट्र र नेपाली जातिको अस्तित्व रहेसम्म जिवन रहिरहने कुरामा कुनै सन्देश देखिदैन अझ बर्तमानमा यो व्यवहार मुखि भन्दा निर्देशन मुखि सबै तिरका सासक प्रसासकहरुकालागि तथा नेपालको कुटनितिक सम्बन्धमा मार्गदर्शक शिद्धान्त नै हो । यस बाहेक नेपालको कुटनितिकमा पृथ्वी नरायण शाहले जैसी कोठाको सुरुवात र स्थापना सन् १७७९ नेपालको परराष्ट्र नितिमा सुधार ल्याएको पाईन्छ ।
त्यस बखत नेपालको सम्बन्ध तिब्बत चिन, ईस्ट इन्डिया कम्पनी आदि सँग राम्रो पारस्पारिक सम्बन्ध देखिन्छ । अधुनिक नेपालको स्थापना भएपछि पृथ्वी नारायण शाहले नेपाललाई २ ढुङ्गा विचको तरुलका रुपमा व्याख्या गरे । भुगोलले ठुलो र प्राचिन सभ्यता बोकेका भारत र चिन जस्ता देशका विचमा रहेकाले नेपालले दुवै सँग राम्रो सम्बन्ध राख्नु पर्ने र रणनितिक हिसाबले रक्षात्मक र सन्तुलित सम्बन्ध राख्नु पर्ने उनले दिब्य उपदेश दिएका थिए । (सन्तोष शर्मा नेपालको परराष्ट्र नितिको आयाम कान्तिपुर) सुगौली सन्धि र नेपालको कुटनिति, यो सन्धि नेपाल ईस्ट इन्डिया कम्पनी विच सन् १८१६ मा गरिएको हो । त्यस बखत ईस्ट ईन्डिया कम्पनीको नेपाल प्रती हेर्ने दृष्टिकोण विस्तार वादी रहेको थियो ।
विदेशिहरुको नेपाल माथि पहिलैदेखिनै आखा गडि सकेको थियो । नेपालको चिसो हावापानी र तिब्बत र चिन सँग जोडिएको हुनाले विदेशिहरुलाई राज्य विस्तार र व्यापार बढाउनका निम्ति उपयुक्त स्थान थियो । तिनिहरु नेपाल सँग के मा निहुँ खोजौ भन्नेमै थिए । फल स्वरुप बुटवल र सुर्यराज प्रमुख कारण बन्यो जसका कारणले नेपालले ठुलो भूभाग गुमाउनु पर्यो । नेपालका तर्फबाट सन्धि गर्न गएका गिरीराज मिश्र, चन्द्र शेखर उपाध्य आदिलाई अत्यन्त लज्जास्मत बनाइयो । नेपाललको प्रतिनिधित्व अत्यन्तै कमजोर रहयो । यस संन्धिका कारण नेपालको राज्य विस्तार अभियान विट लियो । यस बखत नेपालको कुटनिटि असफल रहेको भन्ने विद्वानहरुको विश्लेसन छ ।
यहि समयमा पृथ्वी नारायण शाहले स्थापना गरेको जैसी कोठालाई मुन्सि कोठामा परिणत गरियो । यस बाहेक नेपालको कुटनिति राणा कालमा केही सुधार अएको पाउँन सकिन्छ । यस कालमा जंग बहादुर राणाले कुट्नितिक विभागलाई तिन भागमा विभाजन गरे । साथसाथै चन्द्र समशेरले कुट्नितिक विभागलाई ५ भागमा विभाजन गरे यस समयमा नेपालको सम्बन्ध ईस्ट इन्डिया कम्पनी सरकार सँग केही सुधार रहेको पाउँन सकिन्छ । नेपालले यसै समयमा आफ्ना केही गुमेका भूभागहरु ल्याउन सफल भएका थियो जसलाई अहिले बर्तमान समयमा नयाँ मुलुकको रुपमा चिन्हिन्छ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर साथसाथै यस समयमा नेपालले प्रथम विश्व युद्ध र दोश्रो विश्वयुद्धमा नेपालबाट व्रिटिसलाई ठुलो सहयोग गरेको थियो । हजारौ जवानलाई व्रिटिसको सेनामा भर्ति गराईयो । नेपालले अर्थिक रुपमा व्रिटिस सरकारलाई सहयोग गरेको तथ्य छ ।
२००७ सालको क्रन्ति पश्चात नेपालको कुटनितिले नयाँ मोड लियो । नेपालको कुटनितिमा भारतको हस्तक्षेप अलिग बढ्न थाल्यो । नेपालको राणा विरोधी आन्दोलमा भारतले ठुलो भुमिका खेलेको थियो । नेपालको मुक्ति गामी नेताहरुको भारतसँग सम्पर्क बन्न थाल्यो र झुकाव सोतह बढ्ने नै भयो । दोश्रो विश्व युद्ध पश्चात विश्व परिवेश वद्ली सकेको थियो । नया किसिमका समस्या चुनौती देखा पर्न थाल्यो नेपाल पनि यसबाट अछुत रहन सकेन । विश्वको परिवेश दुई ध्रुवमा विभाजित थियो । यस्तो समयमा साना र तेस्रो संसारका राज्यहरु स्वतन्त्र रुपमा अपस्थित हुन कठिन थियो नेपाल पनि ति मध्ये एक शन्ति चाहने राज्य थियो । त्यसैकारण नेपालले आफ्नो कुट्नितिकको प्रमुख आधारको रुपमा पञ्चशिलको सिद्धान्त र असंलग्न आन्दोलनको विचारलाई अवलम्बन गर्न थाल्यो । नेपाल ले १९५० मा Peace and Friendship सन्धि समेत गर्यो राजा महेनद्रको शासन कालमा नेपालले विविध राष्ट्रि तथा अन्तराष्ट्रिय सँघ संस्था संगठनहरुमा अफ्नो सहभागिता जनाउन थाले नेपाल संयुक्त राज्यको सदस्यको रुपमा अफुलाई चिनाउन सफल भए । नेपालाई Peace of Zone को रुपमा १९७५ मा राजा विरेन्द्रले घोसना गरे ।
त्यसलाई नेपालको भौगोलिक दृष्टिकोाणको आधारमा असल कदम को रुपमा लिन सकिन्छ । यद्यपी भारतको आफ्नै स्वार्थका कारण समर्थन भने जनाउन हिचकिचाई रहेको थियो । नेपाललाई शाक्तिक्षेत्र घोषण गर्नुले नेपाल कसै प्रति झुकाव नराखेको देखाउँछ । यो सबल कुटनितिको आधारको रुपमा लिन सकिन्छ । लगतै नेपालले अफ्नो विविध क्षेत्रीय तथा अन्तराष्ट्रिय संघ संगठनहरुमा सहभागिता जनाउँन थाल्यो ।
SAARC, BIMSTEC जस्ता क्षेत्रीय संगठनहरु स्थापना गर्नुमा नेपालको ठुलो भुमिका रहयो । क्षेत्रिय समन्वय गरेर अफुलाई अर्थिक सामाजिक, राजनितिक, शैक्षिक क्षेत्रहरुमा अफ्नो भुमिकालाई अगाडि बढाउँदै गयो । एक राष्ट्र र आर्को राष्ट्र विच धर्म, संकृति व्यापार, शिक्षा आदि अदान प्रदान हुन थाल्यो । अन्तराष्ट्रिय स्तरमा अरु राष्ट्रह सँग नेपालले सहकार्य बढाईरहेको छ । नेपालले आफु मध्येविन्दुमा रहेरअन्तराष्ट्रिय सहकार्य बढाउन थालेको छ BRI, MCC जस्ता ठुला परियोजना अफुतर्फ अकर्षित गरिहेको छ । यस्ता साहायताले यो छिटै विकर्षित राज्यहरुको तुलनामा अउँने प्रक्षेपण समेत छ । चिन, भारत, अमेरिका जस्ता राष्ट्रहरुसँग सहकार्य गरि अफुलाई विकास तर्फ लम्काउने प्रयास गरिरहेको छ । नेपालले अफ्नो सफ्ट पावर जस्तै सगरमाथा, गौतम बुद्ध, सिता अदिको माध्यबाटा संसार भर चिनाउने पर्यत्न गरिरहेको छ ।
यस्तो शक्तिबाट नेपालले अफुलाई अन्तराष्ट्रिय स्तरमा फरक रुपले पहिचान गराउन सफल देखिन्छ । जसका माध्येमबाट अन्तराट्रिय स्तरमै अफुलाई खोज र अनुसन्धान र पर्यटको गन्तव्यको रुपमा चिनाउने प्रयास गरिरहेको छ । नेपालमा कम्युनिष्ट सरकार हुँदा चिन प्रति थोरै झुकाव र प्रजातन्त्रवादीको सरकार हुँदा अमेरिका र भारत तर्फ थोरै झुकाव हुने विश्लेषण छ । यद्यपी नेपालले दुई ठुला राष्ट्र सँग समन्वय गरेर अफुलाई विकास गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । भारत र चिन दुई विचको सम्बन्ध विरोधावास पूर्ण रहेको पाउन सकिन्छ । एकले आर्कालाई पछाडि पार्ने कसरत चलिरहेको छ । यस्तो परिस्थितिमा नेपालले असल कुटनितिको अवलम्वन नगरे नेपाल युद्ध भुमि हुनेमा कुनै सन्देह छैन ।
यद्यपी २१ औँ सताब्दिमा आईपुग्दा विश्वको परिवेश एक आर्का विच निर्भर रहेको देखिन्छ । दुई विच समन्वय गरि आर्थिक कुटनैतिकको माध्यमबाट अफुलाई विकसित तुल्याउने होड बाजी छ । प्राचिन कालमा कुटनितिको प्रयोग जसरी सत्रु विभाजन मित्र बनउने, सम्झौता गर्ने गरिन्थ्यो भने अहिले । समय अर्थिक कुटनैतिकको छ (An Introduction to Diplomacy Bhimnath Baral) । नेपाल भौगोलिक दृष्टिबाट भूपरिवेष्ठित राष्ट्र चिन तर्फ ११४ कि.मी. उत्तर र भारत तर्फ अरु दिशाबाट घेरिएको छ । यद्यपी नेपाल चिनसँग भन्दा भारत सँग बढि सम्पर्कमा छ । १८० कि.मी क्षेत्रफल भारत सँग छोइएको छ । ७३ ओटा नाका भारत तर्फ सञ्चालनमा ल्याइएको छ । समय समयमा नेपाल भारत विच सिमा विवाद हुने गरेको छ । अहिलेको सन्दर्भमा लिपुलेक, लिम्पिया धुरा, सुस्ता मा विवाद देखिन्छ । यद्यपी यसको कुटनितिक माध्येमबाट सामधान गर्नुको विकल्प छैन । भारतले नेपालाई दुई पटक नाका बन्दि गरि सकेको छ ।
नेपालको संविधान र कुटनिति :
नेपालको संविधान २०७२ संविधानको ईतिहासमा यो सम्बन्धिान सातौ सम्बिधान हो संस्सारका विकसित संविधानहरुमा चिनिने गरेको छ । यसलाई संविधान सभाबाट लगभग ९०% ले अनुमोधन गरेको हो । यस संविधानका अनुसार परराष्ट्र निति अवलम्बन गर्नुको कारण अफ्नो स्वतन्त्रता भौगोलिक अखण्डता राजनैतिक सोतन्त्रता राष्ट्रिय स्वधिनता जोगाई राख्न अदि हो । धारा ५(१) अनुसार नेपालको स्वतन्त्रता सर्वभौमसत्ता भौगोलिक अखण्डता राट्रियता स्वाधिन्ता, स्वाभीमान नेपालको हक हितका आधारभूत विषय हुने छन्, धारा ५(२) अनुसार राष्ट्र हित प्रतिकुलको आचरण र कार्य संघिय कानुन बमोजिम दण्डनिय हुने छ । धारा ५०(४) नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहदै संयुक्त राष्ट्रसंघको बढापत्र असंलग्नता पञ्चशिलको सिद्धान्त अन्तराट्रिय कानुन र विश्व शाक्तिको मान्यताका आधारमा राष्ट्रको सर्वपरि हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र निति संचालन गर्ने त्यसैगरि धारा ५१ (ड)(२) मा विगतमा भएका संधिहरुको पुनरअवलोकन गर्दै समानता र पारस्परीक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने नेपालको संविधानमा उल्लेख गरिएको छ ।
(नेपालको संविधान २०७२) नेपालको कुटनिति संचालन गर्ने आधारहरु नेपालको संविधान र प्रचलित नेपालको कानुन, परराष्ट्र नितिसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय सुरक्षा निति तथा अन्य निति, नेपाल सरकारका क्षेत्रगत निति अवधिक योजना वार्षिक निति तथा कार्यक्रम, संयुक्त राष्ट्र संघको बढापत्र, नेपाल पक्ष भएको संधि सम्झौता तथा दुई पक्षिय क्षेत्रिय र बहुपक्षिय प्रतिबद्धता धोषण पत्र, नेपाल सदस्य रहेको क्षेत्रिय तथा उपक्षेत्रिय संगठनका बढापत्र गठन विधान, कुटनितिक तथा कन्सुलर सम्बन्धि विषयक भिएना माहा संधिहरु लगायत अन्तराष्ट्रिय कानुन प्रचलन अभ्यास तथा स्थापित मूल्य मान्यता –परराष्ट्र मन्त्रालय निति २०७७) त्यसैगरि नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधिनता राष्ट्रिय सुरक्ष र एकतालाई अक्षुण राख्दै सबल समुनत शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माण गर्ने नेपालको कुटनितिको दुर दृष्टि रहेको छ ।
नेपालको संविधान २०७२ का अनुसार संघिय सरकारले नेपालको कुटनितिक विषयलाई संचालन गर्ने छ र त्यस अन्तर्गत परराष्ट्र मन्त्रालय पर्ने छ । जसले नेपालको क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरमा सम्बन्ध कायम राख्ने नेपालको स्वाधिनतालाई जोगाउने र शान्ति मैत्रिपूर्ण सहकार्य अगाडि बढाउने कार्यहरु सञ्चालन गर्छ । जसको प्रमुखको रुपमा परराष्ट्र मन्त्रि कार्यरत रहने छन् र नेपाललको कुटनितिक संचालन गर्नको निम्ति परराष्ट्र मन्त्रालय अन्तर्गत १२ ओटा विभागहरु संचालनमा ल्याइएको छ, जसअन्तर्गत : सामान्य प्रसासन विभाग, दक्षिण एसिया विभाग, उत्तर पूर्वि एसिया विभाग, संयुक्त राज्य तथा अन्राष्ट्रिय कानुन विभाग, क्षेत्रीय संगठन विभाग, युरोप तथा अमेरिका विभाग, मध्ये एसिया विभाग, पश्चिम एसिया र अफ्रिका विभाग, दक्षिण पूर्वि एसिया विभाग, राहदानि विभाग, कन्सुलर सेवा विभाग पर्दछन् । जसले आ–आफ्नो क्षेत्र अन्तर्गतका कार्यहरु गरिरहेका हुन्छन् । यसरी अहिलेको अवस्थामा नेपालको ३१ ओटा राज्यमा कुटनितिक नियोगहरु स्थापना भएका छन् भने ३ ओटा स्थाई मिसनहरु संयुक्त राज्य र अन्तराष्ट्रि संस्थाहरुमा संचालनमा ल्ययाइएको छ । नेपालमा अहिलेको अवस्थामा राजदुतलाई मन्त्रिपरिषदको सिफारिसबाट राष्ट्र पतिले न्युक्ति गर्ने चलन रहेको छ । यस अन्तर्गत कार्य गर्ने कर्मचारीहरुले अनिवार्य रुपमा लोक सेवा आयोग पास गरेको हुनु पर्छ ।
निष्कर्ष : यसरी प्राचिन कालबाट वर्तमानसम्म आईपुग्दा नेपालको कुटनितिको स्वरुप समय अनुसार परिवर्तन हुँदै अएको देखिन्छ । परपूर्वक कालदेखिनै नेपाल एक स्वतन्त्र राज्यको रुपमा अफुलाई चिन्हाई रहेको छ । दुई विकसित ठुला तर एक अर्कामा विरोधावास भएका राज्यहरुको मध्ये विन्दुमा अफुलाई राख्दा र यी दुई सँग मैत्रीपूर्ण सम्बन्ध राख्न सकेमा नेपालले अधिकतम लाभ पाउँने देखिन्छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नितिको संचालनबाट सार्भभौमिक समानता पारसपरिक लाभ पाउँन सकने देखिन्छ । जसका लागि नेपालका कुटनितिक विभागहरु चुस्त दुरुस्त हुनु जरुरी छ । [लेखक सुवेदी गण्डकी विश्वविद्यालयका नेविसंघ सभापति तथा पर्वत जिल्ला सहसचिव हुन् ]
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
