पोखरा । राष्ट्रिय युवा संघ रुपाको समापन समारोहलाई गण्डकी प्रदेशका पूर्व मख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ (पिएस) ले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपाल, रुपा गाउँपालिका कमिटीले रुपा ५ खडागाउँ खेल मैदानमा आयोजना गरेको जारी बृहत खेलकुद तथा स्थानीय झाँकी प्रदर्शनी समारोहलाई सम्बोधन गर्न गुरुङ रुपा आउने भएका हुन् । कार्यक्रम यहि माघ २० गते समापन हुँदै छ ।
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव समेत रहेका एमाले नेता गुरुङको प्रमूख आतिथ्यतामा समापन हुने कार्यक्रमलाई नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वखेलकुद मन्त्री जगत विश्वकर्माले पनि सम्बोधन गर्ने भएका छन् ।
संघका अध्यक्ष सुजन क्षेष्ठका अनुसार, साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ । जसको प्रथम पुरस्कार ५० हजार र द्धितीयले ३० हजार पुरस्कार पाउने छन् भने मेडल ट्रफी, प्रमाणपत्र पाउने छन् । सेमिफाइनल पुगेका दुई समुहलाई १०–१० हजार पाउने छन् ।
विद्यालय स्तरीय १५०० मिटर दौड प्रतियोगितामा प्रथम पुरस्कार रु ८ हजार, द्धितीय रु ४ हजार र तृतीयले २ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । ८०० मिटर दौडमा प्रथमले रु ६ हजार, द्धितीयले ४ हजार र तृतीयले २ हजार प्रमाणपत्र र मेडल पाउने छन्। कार्यक्रममा स्थानीय गुरुङ, नेवारी, कुमाल, लगायतका जात जातीको झाँकी प्रदर्शन गर्नुका साथै साँस्कृतिक तर्फ राष्ट्रिय लोक दोहोरी कलाकार राजेन्द्र सुवेदी र सबिना थापाको प्रस्तुति रहने छ ।
रुपामा युवासंघले बृहत खेलकुद् तथा स्थानीय झाँकी प्रदर्शन गर्ने
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
