काठमाडौं । व्यवसायी तथा चार्टर्ड एकाउन्टेन्ट खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। उक्त क्लस्टरबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। स्याङ्जा क्षेत्र नं. २ का अर्याल नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरी कांग्रेसमा कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
उनी समानुपातिकतर्फ संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए। पेशागत रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका अर्याल स्वास्थ्य, शिक्षा, कृषि, जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएका छन्। विभिन्न मेडिकल कलेज तथा अन्य व्यवसायमा प्रमुख लगानीकर्ताका रूपमा संलग्न उनले कृषि क्षेत्रमा आधुनिक पोल्ट्री तथा लेयर्स फार्मसमेत सञ्चालन गरेका छन्।
विभिन्न क्षेत्रमा गरिएको लगानीबाट १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका अर्यालले खुमा अर्याल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी तथा खेलकुद क्षेत्रमा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राजनीतिक अनुभवसँगै पेशागत दक्षता, उद्यमशीलता र सामाजिक क्षेत्रको अनुभवलाई पार्टीको संगठन तथा नीतिनिर्माणमा जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अर्यालले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
