पोखरा । राष्ट्रिय युवा संघलेल रुपा गाउँपालिका कमिटीले माघ १७ देखि २० गतेसम्म रुपा ५ खडागाउ खेल मैदानमा बृहत खेलकुद् तथा स्थानीय झाँकी प्रदर्शन गर्ने भएको । संघका अध्यक्ष सुजन क्षेष्ठका अनुसार, साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ ।
जसको प्रथम पुरस्कार ५० हजार र द्धितीयले ३० हजार पुरस्कार पाउने छन् भने मेडल ट्रफी, प्रमाणपत्र पाउने छन् । सेमिफाइनल पुगेका दुई समुहलाई १०–१० हजार पाउने छन् । भलिबल प्रतियोगिताको समूह दर्ता शुल्क ३ हजार ५ सय लाग्ने छ।
विद्यालय स्तरीय १५०० मिटर दौड प्रतियोगितामा प्रथम पुरस्कार रु ८ हजार, द्धितीय रु ४ हजार र तृतीयले २ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । ८०० मिटर दौडमा प्रथमले रु ६ हजार, द्धितीयले ४ हजार र तृतीयले २ हजार प्रमाणपत्र र मेडल पाउने छन् ।
कार्यक्रममा स्थानीय गुरुङ, नेवारी, कुमाल, लगायतका जात जातीको झाँकी प्रदर्शन गर्नुका साथै साँस्कृतिक तर्फ राष्ट्रिय लोक दोहोरी कलाकार राजेन्द्र सुवेदी र सबिना थापाको प्रस्तुति रहने छ । स्थानीय तहमा लुकेर रहेका प्रतिभाहरुलाई बिहिर ल्याउन र रुपामा रहेका पुराना संस्कृती देश तथा बिदेशमा चिनाउन यस्ता कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
ओझेलमा रहेका युवाहरुलाई मुलधारमा ल्याउन र युवाहरु सधैं नेताका भर्याङ हुने मात्रै नभएर उधमी र नेता हुन र बनाउन यो कार्यक्रम आयोजना गरिएको हो । स्थानीय जेता देखि केन्द्रीय नेतासम्म कार्यक्रममा सहभागी गराउने र हरेक बक्तालाई बिषय उपलब्ध गराएर सोहि बिषयमा मात्रै बोल्न लगाईने कुरा अध्यक्ष श्रेष्ठले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
