उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता देबेन्द्रराज कँडेलबीच भेटवार्ता

काठमाडौं । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कँडेलबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार उत्तरप्रदेशको प्रयागराज, लखनउ स्थित मुख्यमन्त्री कार्यकक्षमा सौहार्दपुर्ण शिष्टाचार भेटवार्ता भएको हो ।

Advertisement

उक्त भेटमा नेपाल भारतबिचको सम्बन्ध सुदृढ तथा समसामयिक राजनिति, धार्मीक बिषय बस्तुमा महत्वपुर्ण तवरबाट छलफल भएको स्वकीय सचिव कमल किशोर रायमाझीले बताए ।

भेटमा उत्तरप्रदेशका पुर्व मन्त्रीसुजन त्रिपाठी, ब्यवसायी योगेश बाजपेयी सहित सौहार्दपुर्ण शिष्टाचार भेटवार्ता भएको थियो ।

More News last news
Loading...