काठमाडौं । इजरायलबाट स्वदेश फर्कनेहरुको हवाई टिकट सरकारले नै व्यहोर्ने भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीहरुको हवाई टिकट सरकारलेनै व्यहोर्ने निर्णय गरेको हो।
सरकारले नेपाली विद्यार्थीको उद्दारका लागि आज नेपाल एयरलाइन्सको जहाज चार्टर उडानमार्फत इजरायल पठाउँदैछ।
सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
