नागरिक उन्मुक्तिको महाधिवेशन पुसमा हुने, कार्यकारी अधिकार चौधरीलाई

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनको मिति तय गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी पुस २६–२८ गतेसम्म टिकापुर कैलालीमा गर्ने निर्णय गरेको हो ।

साथै, नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।

Advertisement

हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी छन् । तर, रञ्जिताले महाधिवेशनको सम्पूर्ण तयारी गर्न नभ्याउने भन्दै बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो ।

More News last news
Loading...