तीन विमानस्थलमा उडान प्रभावित, भरतपुरमै रोकिए प्रधानमन्त्री

काठमाडौं । मौसमको खराबीका कारण आन्तरिक उडान प्रभावित बनेको छ । शनिबनर रातिदेखि परेको हविरल वर्षाका कारण पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । त्यस्तै तुम्लिङटार विमानस्थलमा आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसैगरी भरतपुर लगायत विमानस्थलमा पनि प्रतिकुल मौसमका कारण उडान प्रभावित बनेको छ । उडान प्रभावित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमै रोकिएका छन् ।

Advertisement

शनिबार भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल शुक्रबार भरतपुर पुगेका थिए । उनी आइतबार विहान ७स्३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो।

तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए। भरतपुरमा अहिले झरी परिरहेको छ।

More News last news
Loading...