कक्षा-१२ काे नतिजा प्रकाशन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने समय भने तोकिएको छैन।

परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले नतिजा प्रकाशन भने अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने,‘प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ,यही दिन प्रकाशित हुन्छ भन्न सकिँदैन,बोर्ड बैठक बस्नुपर्छ,त्यही भएर जुन दिन पनि नतिजा प्रकाशित हुनसक्छ।’

Advertisement

उनका अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित पनि हुनसक्छ नभए भदौ महिना पुग्ने सम्भावना पनि छ। कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

More News last news
Loading...