बहिनीले झोसिन् दाजुको घर र गोठमा आगो

तम्घास । गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्।

गएराति मानसिक अवस्था ठिक नभएकी मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षीया मीना विकले दाजु दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Advertisement

निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन्। आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

More News last news
Loading...