छिन-छिनमा पिसाब लाग्नु गम्भीर रोगको संकेत

 

काठमाडौँ । पिसाब थैली वा मृगौलामा पत्थरी हुँदा छिन छिनमा पिसाब लाग्ने समस्याले सताउने गदर्छ। चौबिस घण्टामा ६–७ पटक भन्दा बढी पिसाब लाग्नु यूरीन फीक्वेंट यूरिनेशल मानिन्छ।

पुरुषमा प्रोस्टेट बढ्ने कारणले पनि पिसाब लाग्ने समस्या हुन सन्छ। यो समस्याले बिरामीको सामान्य तालिका समेत बिगार्ने गर्दछ।

Advertisement

जब एक व्यक्ति दिनमा तीन लिटर भन्दा बढी पिसाब हेर्ने गर्दछ भने त्यसलाई फुलेरिया भन्ने गरिन्छ। यो समस्यालाई शारिरीक कसरतबाट पनि नियन्त्रण गर्न सकिन्छ।

यूरोलोजिस्ट डा एसएस यादवले यस बारेमा महत्वपूर्ण जानकारी दिएका छन्।

यस्ता लक्षण देखिएमा हुनुहोस् सावधान
ज्वरो आउनु, वान्ता हुनु, कम्मर दुख्नु र साइडमा पीडा महशुस हुनु, भोक लाग्नु, निर्दा लाग्नु, पिसाब गर्दा पीडा हुनु, पिसाबको रंग परिवर्तन हुनु, पिसाबमा रगत देखिनु जस्ता समस्या देखिएमा सावधानी अप्नाउनु पर्दछ।

त्यस्तै साइकोजेनिक फ्याक्टर पनि यसको कारण हुन सक्छ। त्यस्तै रातमा मानिस एक पटक पनि पिसाब गर्न नजादा पनि पिसाबमा समस्या देखिन थाल्दछ। यस्तो समस्या देखिएमा स्वास्थ्य संस्थामा पुगेर डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ।

छिटो छिटो पिसाब लाग्ने कारण
यूरीनमा इन्फेक्सन वा पिसाब थैली र मृगौलामा पत्थरी देखिदा पनि छिटोछिटो पिसाब लाग्ने समस्या देखिन सक्छ।

एंग्जाइटी, स्ट्रोक, ब्रेन र नर्वस सिस्टमको समस्या, यूरिनरी इन्फेक्शन, पेल्विक क्षेत्रमा ट्यूमर, ओभर एक्टिभ ब्ल्याडर सिंड्रोम, पिसाब थैलीको क्यान्सर, पित्त थैलिको र मृगौलामा पत्थरी जस्ता समस्याका कारण छिटो छिटो पिसाब लाग्ने समस्या आउने गर्दछ।

के हो प्रोस्टेटबाट हुने समस्या ?
पिसाब हेर्दा रोकिएको वा पुरै पिसाब नगएको जस्तो महशुस हुने, पिसाब आउन धेरै समय लाग्नु, ट्यूमर हुँदा पिसाबमा रगत देखिनु जस्ता समस्या प्रोस्टेटबाट हुन गर्दछन्।

त्यस्तै पिसाब गर्दा नाभीको मुनि पीडा महशुस हुनु पनि प्रोस्टेटका कारण हुने समस्या हुन्। यस्तो समस्या रोक्नका लागि पिसाब कम हुने औषधि समेत लिन सकिन्छ।

More News last news
Loading...