उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित विशिष्ठ व्यक्तिहरुले गरे मतदान

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, मध्यान्ह १२ बजेसम्म पाँच सय ९५ जनाले मत खसालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशतर्फ दुई सय १२ र संघतर्फ तीन सय ८३ मत खसेको छ ।

उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसदका सदस्य र पाँच सय ५० प्रदेश सभाका सदस्य मतदाता हुनुहुन्छ ।

Advertisement

उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने छ । निर्वाचनमा निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ ।

संघीय संसद भवन वानेश्वरमा अहिले उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

More News last news
Loading...