राष्ट्रपति पौडेललाई छिमेकी मुलुक भारत र चीनको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।

सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

Advertisement

यसैगरी, सोमबार नै काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेको उहाँले उल्लेख गर्नुभएको छ ।

More News last news
Loading...