काठमाडौं l प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ मृत्युपछि सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रचण्डले अंगदानको घोषणा गरेका हुन्।
कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।
कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सम्पूर्ण अंगदान गर्ने घाेषणा गरेका छन्। गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड प्रदान गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
