काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
दुर्घटना ग्रस्त जहाजमा ६८ जना यात्रु रहेको पुष्टी भएको छ । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। पोखराको विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटना भएलगत्तै आगलागी भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सुचारु भएपछिको यो पहिलो घटना हो । प्रधानमन्त्री पुष्पकमल थाहाल प्रचण्डले यहि जनवरी १ तारिखका दिन विमानस्थलको उद्घाटन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
