भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ।

शनिबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार (भोली) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो।

Advertisement

अहिलेसम्म ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । ४ मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन।

More News last news
Loading...