काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।जनमतको पार्टी कार्यालय बुद्धनगरमै पुगेर थम्पसनले अध्यक्ष डा. राउतलाई भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको विकास र सहकार्यबारेमा छलफल भएको जनमत पार्टीले जनाएको छ। मंसिर ४ गते भएको निर्वाचनपछि राउतको पार्टी जनमत पार्टी मधेसमा नयाँ शक्तिको रुपमा देखा परेका छ।
प्रतिनिधि सभामा समेत ६ सिट जितेको जनमत पार्टीको मधेस प्रदेशमा १३ सिट प्राप्त गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
