काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ। त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ।
जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए। उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । दुवै दलका बैठक बसेर एकताको लागि अघि बढ्ने निर्णय भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै दुई दलबीच एकता गर्ने तयारी भएको जनाईएको छ । नेकपा (एकीकृत समाजवादी) र एमालेबीच एकताको चर्चा भैरहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
