देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।

आज संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गरेपछि थापाले डा. शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताउँदै देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने बताउनुभयो ।

Advertisement

उहाँले देउवाको प्रस्तावक बस्नुभएका नेता रामचन्द्र पौडेल र समर्थक बसेका नेता प्रकाशमान सिंह र उपसभापति पूर्णबहादुर खड्कालाई पनि कांग्रेसको भविष्यका निम्ति उहाँको समर्थन फिर्ता लिन आग्रह गर्नुभयो ।

महामन्त्री थापाले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा मात्र नभएको भन्दै सांसदहरूलाई समेत जनमतको सम्मान गर्न आग्रह गर्नुभयो।

More News last news
Loading...