७७ वटै जिल्लामा फैलियो डेंगी, ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । देशका सबै ७७ वटै जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ।

हालसम्म देशभर ३७ हजार १३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो।

Advertisement

त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रबालयले जनाएको छ ।

थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७८६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ र १ हजार ६१ एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा २१ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...