पार्टी नछाड्ने र सबै एमाले उम्मेदवारलाई मत माग्न पनि नसक्ने भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएकाे छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले यस्ताे घाेषणा गरेका हुन् । उहाँले भन्नुभयाे, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउछु’।’

Advertisement

नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै उनीहरुका लागि मत माग्न सकिन्नँ।’

उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयो । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयो ।

उहाँले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्न बताउनुभयो।

More News last news
Loading...