मेयरहरु बालेन्द्र शाह र हर्क साम्पाङसहितलाई जनही साढे ७ लाख रुपैयाँ जरिबाना !

काठमाडौँ । निर्वाचन आयोगले पालिका चुनाव-२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ।

आयोगको शुक्रबार बसेको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँका दरले जरिबाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

Advertisement

खर्चको विवरण नबुझाउनेमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगै उपमेयर सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा कार्की, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्य रहेका छन्।

निर्वाचन खर्चको विवरण बुझाउनेमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ रहेका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित ७ उपमहानगरपालिकाका ११ जना मेयररउपमेयरले जनही साढे ५ लाख रुपैयाँ जरिबाना तिनुपर्ने भएको छ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ।

More News last news
Loading...