४८ राजनीतिक दलले मात्रै बुझाए समानुपातिक बन्दसूची

काठमाडाैं निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

आइतवार र सोमवार गरी निर्धारित २ दिनमा  ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएको आयोगले जानकारी दिएको छ ।

Advertisement

आयोगका अनुसार ६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै बन्दसूची दर्ता गराएका हुन् । प्रदेश सभा सदस्यका लागि पनि आइतवार र सोमवार नै बन्दसूची दर्ता भएको छ ।

आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

दलहरूले सोमवार अबेर रातिसम्म समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगले दिएको समय सोमवार नै सकिएको भएपनि साँझ ५ बजे आयोग पुगेका दलहरुको बन्दसूची दर्ता प्रक्रिया रातिसम्म चलाइएको थियो । 

More News last news
Loading...