काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ ।
नगरपालिकाको आइतबार बसेको आठौं बोर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साहले बताए ।
एमबीबीएस डाक्टर नै राख्ने तयारी गरिएकोमा जनरल फिजिसियन राख्ने सुझाव आएकाले त्यही गर्न लागिएको साहले बताए । सोही प्रस्ताव पारित गरिएको र त्यसबाट स–साना समस्याका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने मेयर साहको तर्क छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
