सार्वजनिक रुपमा एक अर्काप्रति लक्षित संवाद बन्द गरौं : नेता बिष्णु पौडेल

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका नेता एवं महाधिवे्शन प्रतिनिधि बिष्णु पौडेलले पछिल्लो समय स्याङ्जा जिल्लामा नेपाली कांग्रेस पार्टीभित्र नै एक अर्कालाई गुट र उपगुट भन्दै गालीगलौजको भाषा प्रयोग गर्दै आफू नै सर्वेसर्वा र अन्य व्यक्तिहरु केही होइन भन्ने किसिमबाट सामाजिक सन्जालमा भईरहेको सार्वजनिक बहसले कसैलाई फाइदा नपुग्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक ढिक्का भएर अन्य पार्टी र आस्थामा विश्वास गर्ने व्यक्तिहरुलाई समेत पार्टीमा आमन्त्रण गर्दै पार्टीका विभिन्न समितिद्धारा सिफारीस गरिएका र संसदीय बोर्डबाट अख्तियार गरेका प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अत्याधिक बहुमतका बिजयी बनाउनका लागि सबै आफनो ठाँउबाट सक्रियतापूर्वक संगठन निमार्णमा केन्द्रित हुन अपिल गर्दछु ।’

Advertisement

यस्ता गतिविधिले कसैलाई फाइदा नपुग्ने भन्दै, ‘म पनि विगतको निर्वाचनको एक घाइते सिपाही हो । गत प्रदेश निर्वाचनमा पराजित बन्दै गर्दा पनि मैले पार्टीको मोर्चा र आम जनताका सरोकारका बिषयहरुबाट आफूलाई कहिले पनि टाढा राखिन । राजनीति आम सर्वसाधरणका दैनिक जीवनयापनसँग जोडिएका निकै सुक्ष्म देखि नीतिगत रुपमा नागरिक प्रति उत्तरदायि सरकार निमार्णका लागि गरिने बिषय हो ।’

त्यसैले, आजबाट नै सार्वजनिक रुपमा एक अर्काप्रति लक्षित संवादहरु बन्द गर्नुपर्ने राय राखेका छन् । यस्तै आगामी निर्वाचनका सन्दर्भमा हामी एक ढिक्का भएर अन्य पार्टी र आस्थामा विश्वास गर्ने व्यक्तिहरुलाई समेत पार्टीमा आमन्त्रण गर्दै पार्टीका विभिन्न समितिद्धारा सिफारिस गरिएका र संसदीय बोर्डबाट अख्तियार गरेका प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ बिजयी बनाउनका लागि सबै आफनो ठाँउबाट सक्रियतापूर्वक संगठन निमार्णमा केन्द्रित हुन समेत अपिल गरेका छन् ।

More News last news
Loading...