माओवादीसँग एकता गर्न समिति बनाउने नेकपा एसको निर्णय

काठमाडौं l नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ।

बुधबार बसेको केन्द्रीय समीति बैठकमा कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।

Advertisement

उनले अन्नपूर्णसँग भने, ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौं। उम्मेदवारी चयनका लागि कार्यविधि पारित गरेको छ।’ उनले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय भएको बताए।

More News last news
Loading...