कपिलवस्तुमा डेंगुका बिरामी फेला

कपिलवस्तु । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् । साउन लागेपछि कपिलवस्तुमा पनि डेंगुका वबरामी फेला परेका हुन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् ।

बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका छन् ।

Advertisement

डेंगु कृष्णनगर र विजयनगर नगरपलिकामा भने पुष्टि गरेको छैन । बाणगंगा नगरपालिकाका विभिन्न स्थानमा भेटिएका ४६ जना डेंगुका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । बाँकी संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाईएको छ ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंगुका बिरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको बताउनुभयो । मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिए पनि जिल्ला जनस्वास्थय कार्यालयले चासो देखाएको छैन ।

More News last news
Loading...