भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, आइतबारदेखि दल दर्ता सुरु
काठमाडौं । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो। संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको आउोगले जनाएको छ।
निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताका लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ।
यस्तै, आयोगले मतदाता नामावली संकलन स्थगित भएको जनाएको छ । भोलि शुक्रबारदेखि नै मतदाता नामावली संकलन स्थगित आयोगले जनाएको छ ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ। चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
