कास्कीका गाउँपालिका अध्यक्षहरुले लिए सपथ

पोखरा l कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए । ३० वैशाखमा सम्पन्न निर्वाचनबाट कास्कीको मादी र माछापुच्छ्रेमा कांग्रेस तथा अन्नपूर्ण र रुपामा एमालेको नेतृत्व निर्वाचित भएको छ ।

Advertisement

रुपाका नवराज ओझा, मादीका देवीजंग गुरुङ, माछापुच्छ्रेका मिनबहादुर गुरुङ र अन्नपूर्णका विष्णु केसीले सपथ लिएका हुन्।

उनीहरुले आजै उपाध्यक्षहरुलाई र गाउँसभाका सदस्यहरुलाई सपथ खुवाएका छन् भने केहीमा पदस्थापनसमेत भैसकेको छ ।

More News last news
Loading...