कपिलवस्तु l कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको सोमबार राति एक बजे निधन भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।
निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावी प्रक्रिया अघि बढने उनले बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
