काठमाडौं l जनता समाजवादी पार्टी नेपालका सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्याग गरेका छन् । जसपा नेपाल परित्याग गरेका चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच चौधरीसहित नेपाली कांग्रेस र एमाले परित्याग गर्नेलाई प्रचण्डले माला र खादा लगाएर स्वागत गरेका छन् ।
चौधरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सरकारमा सहभागी गराइएको भन्दै रुष्ट बनेका थिए । उनले गठबन्धन छाड्ने चेतावनी दिएका थिए । तर, उनी मंगलबार माओवादी केन्द्र प्रवेश गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
